Latest

जेब्रा क्रसिङ

प्रकाशित:Friday, July 22, 2016 | 3:35 AM

- अधिकारी रबिन्द्र 


पुतलिसडकको चोक, बागबजारबाट डिल्लिबजार जाँदा जेब्रा क्रसबाट रातो बत्ती निभ्ने डरमा हतार हतार बाटो काट्दा अन्जान शहरकि अन्जान कथा बोकेकी अन्जान केटीसँग मेरो ठक्कर लाग्यो । गहकिला कथा अक्सर ठक्करबाटै बन्छन् । न्युटनले पुर्पुरोमा स्याउको ठक्करका कारण विश्वलाई अहिलेसम्म रिंगाइराखेको गुरुत्वबल सम्बन्धी नियम फेला पारे, मैले मेरो पुर्पुरोमा तेही एकनादान केटीको ठक्करले एकनास मलाई रिंगाइराख्ने श्रीमती फेला पारेँ ।

म श्रेष्ठ फोटोकोपीमा जिओलोजीको एक पुस्तक प्रतिलिपी निकाल्न भनेर हान्निएको थिएँ, उनी कोलिन्स्मा जिआरइ  पढ्न भनेर हान्निदै थिइन । सम्योग कस्तो रु रातो बत्ती धेरै बल्छन्, नियतिले मलाई पर्खाएर, वा उनलाई छिटो हिँडाएर त्यही रातो बत्तिमा उन्लाई पारीबाट र मलाई वारीबाट लेराएको थियो ।
करीब दुईमिटरको चौडाइभित्र रेखाको सिधा उनी अनि तेइ रेखा तर्फ म हिँडेको थिएँ । नजानी नजानी उनी पनि पाइला गनेझैँ, अनि म पनि पाइला गनेझैँ बाटोको मध्यभागमै आएर ठोक्किनु पर्ने । त्यही जेब्रा क्रसिङको सानो चौडाइ भित्र हाम्रो जीवन कहानी लुकेको हुँदो रहेछ । जोडी मिलाइदिनेलाई लम्ही भन्छन्, यो कथामा चित्रित लम्ही निर्जिव हो, यो जोडीको लम्ही जेब्रा क्रसिङ हो ।

भिडभाड, अनी गाडी, मोटरसाइकलको टिटी र ट्याँ ट्याँ । पैदलेहरुलाई पनि आफ्नै गन्तब्य पुग्ने हतारो, समय स् दिनके पाउने तीन बजे । पिलिक पिलिक पहेलो अनी पिलिक्क रातो बत्ती । दुई सेकन्ड जति सुनसान जेब्रा क्रसिङ, अनी सुरु भयो वारी र पारीबाट दोहोरो युद्द चल्न लागेझैँ बाटो काट्नेहरुको अगाडि बड्दै गरेका पाइलाहरुका सल्याङ् बल्याङ ।
त्यो तिथीमा, त्यो अपरान्हमा, ब्यस्त पुतलिसडकको दुई चौवालिसको त्यही रातो बत्तिमा वारी र पारी जाने तालमेल नमिलेर, हतारोले आँखा नदेखेर वा अरुहरुको ठेलम् ठेलमा परेर कतिका टाउका जुधे, कतीले मीत लगाए कथा बनेकाहरुले लेख्दै गर्लान् वा स्मरण गर्दै गर्लान तरमलाई लाग्छ पुरै वैशाख महिना भरिनै कुनै जेब्रा क्रसिङमा परेर केटा र केटीको योजत्तीको स्मरणीय टाउको ठोक्काइ सायदै भयो होला । किनकी यो त्यस्तो ठोक्काइ थियो जसले केटीलाई दुलाहा दियो अनी केटालाई दुलही । दर्शन ढुङ्गा ठोक्काउँदा आगो बन्छ तर यहाँ पुर्पुरो ठोक्किँदा वैवाहिक सम्बन्ध बन्यो ।    

मलाई पुस्तक फोटोकपी गरेर मिरर इन्स्टिच्युटमा ट्युसन पढ्न पुग्नु पर्ने थियो ।उनलाई तीनबजे देखिको कोलिन्सको जि। आर। इ। क्लास लिन पुग्नु थियो । त्यसक्षणमा मेरो पुर्पुरोसँग अरु कुनै भुसतिग्रेको पुर्पुरो ठोक्किएको भए जरुर उसले मेरो हड्डी एक एक गरी गन्थ्यो होला, अनी उनके पुर्पुरो त्यही भुसतिग्रेसँग ठोक्किएको भए आज मेरी बुढी उस्की बुढी हुन सक्थी होला ।
अर्थात त्यो किमती समयले बुढी साट्दिन पनि सक्थ्यो । वा भनौँ साटिदिएको पनि हुन सक्छ । काठमाडौंको उग्रगर्मी बिच चट्याङ परेझै ड्वाङग दिउँसै आकाशका तारा देखिने गरी टाउको ठोकियो । उनका हात्मा बोकिएका पुस्तकहरु असरल्ल भुईमा छरिए । निहुरिएर उनी दाँया हातले ब्यारोन्सको किताब समात्दै थिइन् । जमानाले फड्को मारे पनि उन्को कपालको स्टाइलले फड्को मारेको थिएन । ति तेसै दुई चुल्ठोमै बाँधिएका थिए ।

निहुरिएकै अवस्थामा उनले शीर उठाएर ठक्कर दिने बेइमानीको अनुहार हेर्ने चेस्टा गरिन । सामुन्ने म उभिएको थिएँ, भर्खर आकाशका तारा देखेर बेहोस् तुल्यम होस् नफर्किदै फेरी उन्का नसिला नयनभित्र टिकटै नकाटी स्वप्न सयरमा हिंडेछु । पछी थाहा भयो, म लाजवाब ङिच्च ङिच्च निशुल्क दन्त प्रदर्शनी गर्दै थिएँ रे । म लभ एट फस्ट साइटमा विश्वाश गर्दिन, बरु म लभ एट फस्ट स्ट्राइकमा पुरै विश्वाश गर्छु । किनकी यो कथा नै लभएट फस्ट् स्ट्राइक, यानिकी ठोक्काइको सुरुवातसंगै अघि बढेको हो ।

लाग्थ्यो पुरै जमाना केही समयको लागि कोरिएको सिडि अड्किएझै अड्किएको छ। घडीको टिक टक रोकिएको छ । मानब सजिबहरु मुर्ती बनेका छन्, हाम्लाई हेर्ने चर्मचछुहरु अन्धा बनेका छन् । अनी सर्बत्र कन्क्रिटको बगैचा बिचमा रासलीला हाम्रो हुँदैछ । हिर राँझा वा रोमिओ जुलिएटको कथा फिका बनाउँदै यस समयकालमा पुरै ब्रह्मान्ड अवाक दर्शक बनिरहेको छ । ठोक्का गरेर भन्छु कुनै लभ स्टोरि मुभीमा यो सिन ट्रेलरमा राखुन् कसैले, फिलिम सुपर डुपर हुन्छ । त्यो भावाबेग यती शक्तिशाली थियो कि शब्दमा बर्णन गरेर सकिन्न ।

दुई आँखा चार भइरहेका थिए, नाथे बत्तिको परिबन्धले अब हाम्लाई रोक्न सक्ने थिएन । अघिका ब्रह्मान्ड लगायतका किस्सा साचै भएका थिएनन्, ति सब मेरामन भित्र भएका थिए । बाहिरी विश्व उस्तै चलायमान थिए जस्तो केही क्षण अघि थिए । ट्राफिक सिग्नल रेडबाट ग्रिन भइसकेको थियो । ट्राफिक दाइको वार्निङ व्हिसल बजिसकेको थियो । हुइँकदै गरेको नेपाल यातायातको गाडीले अगाडि आएर कानको जाली फुट्ने गरी हरन ठोक्दा समेत म ‘हल न चल’ थिएँ । उनी हच्किएर फेरी निउरीइन र नोट कपी टिपेर उठिन ।
म होसमा आउनु अघी नै उनीबाटो पारी पुगिन्, जाम हटाउन ट्राफिक दाइ नै आएर मलाई पन्छाउनु पर्यो । फोटोकपी, ट्युसन अक्रम बक्रम सब दिमागबाट फर्म्याट नै भैसकेका थिए । मआफ्नु करीयरलाई बाटो वारी नै छोडेर उन्को पछी दौडिएँ । यसपाली म रातो बत्ती कुरेर बस्न सक्दिन थिएँ ।  एउटा अमर प्रेम कथाका खातिर बिस तिस वटा सवारी साधनहरु बिस तिस सेकन्ड रोकिन सक्छन् ।

बाटो अवरुद्ध गरेको भनेर साइकलदेखि सेब्रोलेट सम्मको मिस्रित हरन बजिरहेको थियो । शहरी कोलाहालको कुनै गन्ध मेरो कानलाई थिएन । बरु म सुन्न सक्थेँ उनकाे जुत्ता को टाप को आवाज अनि हिँड्दै गर्दा गति र हावाको संयुक्त बलले फटफट गर्दै फहराइरहेको कुर्ताको आवाज । जब जब उनी स्थुल शरीरका हुललाई छिचोलेर हिँड्दै थिइन् तब तब उन्ले तय गरेका पाइला हरुले मेरोलागि अबरोध बिहिन राजमार्ग खडा गर्दै थिए । कतिको कुम ठोकियो, कतिलाई कुहिनाले लाग्यो, कतिले के के भनी सरापे, केहीको हेक्का मलाई थिएन । 
केही क्षणमा देब्रे पट्टिको गल्लीभित्र उनी छिरिन, मिटर नापी नापी म पनि तेतै तिर हुत्तिएँ । त्यस्पछी अङ्रेजी बिषयको केही पढाईदै थियो, सामिप्यमा उनी थिइन सामुन्नेका शिक्षक विद्यार्थी कसैको सम्झना छैन । स्थान र समय थाहा पाएपछि त के लाग्यो र, एवम् रितले तीन दिन लगातार म सेतो घरको तेस्रो तल्लामा रहेको सोही कक्षामा गए, विद्यार्थीले खचाखच भरिएको कक्षामा  उभिएरै प्रतिदिन दुई घण्टा बिताएँ ।
उनले नजर अन्दाज गरिसकेकी थिइन कि उनका अनुहार मेरा नजरका खेल मैदान भैरहेका छन् । जब हाम्रो आँखा झुक्किएर जुध्थे मेरो मनको तारले गीतार बजाउन सुरु गर्थ्यो । चौथो दिन जब गार्डले मलाई भर्ना नगरेको भनी भित्र छिर्न दिएन तब केही क्षण पछी उनी बाहिर आइन् । टाउको ठोक्किए देखिको एक अर्काले एक आर्कालाई गरेको शब्दसम्बोधन पहिलो थियो त्यो । भोलिपल्ट सोही समय हामी शङ्ख पार्कमा डेटिङमा थियौँ ।

पहिलो हप्तामा भएको डीप लभ दोस्रो हप्तामा विवाहमा परीणत भयो ।    

सम्बन्ध, प्रेम अनी विवाह यसरी पनि हुन सक्छ । पुर्पुरो ठोक्काउन पुतलिसडकको जेब्रा क्रसिङमा जानु पर्छ भन्ने छैन, बानेश्वरको क्रसिङमा हुन सक्छ, वा भाग्य छ भने अर्को सुन्दर मोहडा सहितको टाउको घरमै आएर तपाईंको पुर्पुरोमा ठोक्किन सक्छ । शुभकामना ।

(लेखक रेयुकाइ आँखा अस्पातलमा कार्यरत छन्)

अभ्यासका क्रममा बास्केटबल खेलाडीको निधन


अभ्यासको क्रममा अमेरिकाको ओक्लोहामा राज्यका २१ वर्षीय एक बास्केटबल खेलाडीको निधन भएको छ। 
ओक्लोहामा राज्यको विश्वविद्यालय टिमका फरवार्ड टाइरेक कोगेरको बिहिबार बिहान टिमका अन्य साथीहरूसँग अभ्यास गर्ने क्रममा निधन भएको स्थानीय पत्रिका ‘दि स्टिलवाटर’ ले खुलासा गरेको हो। पत्रिकाका अनुसार अभ्यासको क्रममा टाइरेकको शरीरको तापक्रम उच्च थियो र उनी बोनी पिकेन्स रंगशालाको छिडीमा बिहान ५ बजे एक्कासी लड्न पुगेका थिए।
उपचारका लागि उनलाई बिहानै स्टिलवाटर मेडिकल सेन्टरमा लगिएको थियो, जहाँ ६ बजेर २३ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। १७ दिनअघि मात्र उनी ओक्लोहामा राज्यको विश्वविद्यालयमा अनुबन्धित भएका थिए। गत सिजन उनले उत्तरी कारोलिनाको विल्मिङ्टनस्थित केप फियर कम्युनिटी कलेजबाट खेलेका थिए।
उनको निधनको विषयमा ओक्लोहामाले आज पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राख्ने बताएको छ।
यसअघि मुख्य प्रशिक्षक ब्राड अन्डरउडले ओक्लोहामाबाट खेल्न निम्तो गर्दा टाइरेक निकै उत्साही रहेको बताएका थिए। उनले टाइरेकको निधनले अपुरणीय क्षति पुगेको प्रतिक्रिया दिए। 
‘टिमको सदस्य गुमाउनु भनेको परिवारको सदस्य गुमाउनु बराबर हो। हामीलाई थाहा छ, उसको परिवारको दुःखको अगाडि हाम्रो क्षति केही होइन्’, उनले भने।

एसियन लाईफले बिमा रकम दियो


भावुक योगी/बर्दिया
एसीयन लाईफ इन्सयोरेन्स कम्पनी उपशाखा कार्यालय भुरीगाउँ बर्दियाले बिमीत स्वर्गिय झुपा बोहराको बिमा रकम हकवालालाई प्रदान गरेको छ । 
बर्दिया बबई नगरपालिका बनकट्टीका बिमीत बोहराका श्रीमान पहलसिँह बोहरालाई ६४ हजार ५ सय १५ रुपैँया रकम प्रदान गरीएको एसीयन लाईफ इन्सयोरेन्स कम्पनीका उपशाखा इन्चार्ज चक्र बहादुर भण्डारीले बताउनुभयो ।
२० वर्षे अवधीका लागि बिमा रकम जम्मा गर्न थाल्नुभएकी बोहराको ६ किस्ता बुझाईएको थियो । लाईफ ईन्सुरेन्स कम्पनीले यसरी बिमा रकम दिन थालेपछी पछिल्लो समय बिमाकर्ताहरु पनि बढीरहेका छन् ।

घरबेटी अंकल मैले ‘ब्वाइफ्रेण्ड’ बनाउन कहिले पाउने ?

प्रकाशित:Thursday, July 21, 2016 | 7:31 PM

- शीतल दाहाल
भारतले लगाएको नाकाबन्दी ताका म बसेको घरबेटीले अर्को कोठामा बस्ने मेरो छिमेकीलाई स्टोभमा भात पकाउन दिएनन्। कारण, स्टोभको कालोले कोठामा लगाएको रंग विग्रने डर। पुसको ठण्डीमा बाहिर वा छतमा बसेर स्टोभमा भात पकाउन सजिलो कहाँ हुन्थ्यो ररु त्यो आपतमा सारा नेपाली एकअर्कालाई सहयोग गर्दै थिए तर तीन तलामाथि बस्ने मेरो छिमेकी भने तल चोकमा ओर्लेर स्टोभ बालेर भात पकाउँदै थिइन्।

एक मन यस्तो छुच्चाको घरमा के भाडा तिरेर बसेको हुँला भनेर मैलाई पछुतो लाग्यो। कोठा पाउन तत्कालै सजिलो नहुने सम्झेर मैले सरिहाल्ने निर्णय लिन सकिन। पुुस–माघको ठण्डीमा काम्दै मेरो छिमेकीले तल चोकमा भात पकाएको मैले लगातार १५ दिन हेरेँ। पछि उनले ८ हजार तिरेर ब्ल्याकमा किनेको ग्याँसले कोठाभित्र भात पकाउन थालिन्।

उनले कोठामा भात पकाउन थालेपछि मलाई एक खालको सुकुन भयो। तर पथ्थर मन घरबेटी सम्झेर भने हृदयमा घृणाको आगो बल्यो। छिमेकीको दर्दका कारण घरबेटीप्रतिको सोचाई मेरो पुरै नराम्रो भयो। नकारात्मक हुनु पर्ने अरुपनि कारणहरु थिए। जो आपतको घडीमा काम लाग्दैनन्, तिनीहरुप्रति नकारात्मक हुनु स्वभाविक पनि हो।

अर्को डेरामा सर्ने मेरो सोच पुरै सजिव भइसेको थियो। तर डेरा सर्नु अघि मैले केही प्रश्नको जवाफ पनि पाउनु थियो र केही घरबेटीको जवाफको उत्तर पनि दिनु थियो। यसअघि कोठामा कमै मानिसलाई बोलाउने मैले यस घट्नापछि मेरा एकजोडी साथीलाई कोठाको साँचो दिएँ। अरु कुनै व्यवसाय नगर्ने मेरा घरबेटी प्राय घरमै हुँन्थे। साँचो लिएका मेरो साथीहरुलाई घरबेटीले नदेख्ने कुरै भएन।

९८०३४५१*** मोबाइल नम्बर भएका  कुमारजीलाई अर्को कोठा खोज्ने जिम्मा दिइसकेको थिएँ। घरवेटीले लगाएको अनुशासनको पर्खाल नाघ्न खोज्ने म जतिबेला पनि कोठाबाट हटाइन सक्थेँ। तर कोठाबाट हट्नु अघि घरबेटीले पालना गर्नु पर्ने अनुशान के हो त्यो पनि सिकाउने वाला थिँए।

नयाँ कोठा खोजिसकेपछि मैले घरबेटीलाई प्रश्न गर्न गरेँ—तपार्इंको घरको बाथरुमा ५ वटा धारा छन् तर पानी एउटाबाट पनि आउन्न। मुख धुन जाँदा सधै लोटामा पानी बोक्नु पर्छ। मैले यो घरमा पानीको लागि होइन, धाराको टुटीको लागि पैसा तिरेको छु। पानी दिन नसक्नेले बाथरुममा ५ वटा धारा कुन सोख पुरा गर्न राखेकोरु’

मेरो अनुपस्थितिमा मेरो साथीहरु कोठामा आएको संकेत गर्दै  घरबेटीले मलाई जवाफ फर्काए ‘यो घर मेरो हो, तपाईलाई असुविधा भए जान सक्नु हुन्छ, मेरो घरको आफ्नै अनुशासन छ।’ कोठामा बसेदेखि घरबेटीलाई मेरो पहिलो प्रश्न नै त्यही थियो।  जसको जवाफ घरबेटीले डटेर दिए, मैले उनको घर छोड्नुपर्ने संकेत गर्दै।

घरबाट निकालिने डरले यसअघि मैले ५ वटा धारा भएको तर पानी एउटाबाट पनि नआउने प्रश्न जिब्रोमा ल्याएर पनि उच्चारण गर्न सकिन बरु तितो विषझैँ निलेकी थिँए। अर्को डेरा  निश्चत भइसकेको थियो। चुप लागेर घरवेटीको ‘डायलग’ खानु पर्ने जरुरत अब मलाई थिएन। घरवेटीको अनुशासनको कुरालाई फेरि मैले जोडे र भने, ‘कस्तो अनुशासनको कुरो गर्दै हुनुन्छ तपाईरु म तपाईको घरमा भाडामा बस्ने केटी हो, त्यो पनि पढे लेखेको। त्यति मात्र होइन म कामकाजी महिला पनि हो। यसर्थ  मेरो संगत धेरैसंग हुन्छ, मैले कस्को संगत गर्ने र नगर्ने भन्ने कुराको फैसला म आफै गर्छु। मेरो कोठामा को आउन हुने र को नआउने भन्ने निर्णय दिने तपाईको को होरु’

प्रश्नको तिर तेस्र्याउँदै फेरि मैले घरबेटी अङकललाई सोधे,‘आजसम्म त मेरो कोठामा मेरो  साथीहरु र आफन्तहरु आए। भोलि मेरो ब्वाइफ्रेण्ड आउन सक्छ, ब्याइफ्रेण्ड बनाउनु अघि के  मैले तपाईको अनुमति लिनु पर्ने होरु वा, कोठामा बस्ने म जस्ता केटीहरुले ब्याइफ्रेण्ड नै बनाउन नपाउने हो किरु अथवा बाउको घरमा पालना गर्नु नपरेको नियम भाडाको घरमा बस्दा पालना गर्नु पर्ने होरु’

अघिसम्म कोठाबाट निस्कन संकेत गरेको मेरा घरवेटी निक्कै आक्रोशित भइसेका थिए। अब त उनले कोठाबाट निस्कन निर्देशन नै दिए। वादविवाद लभगभ झगडामै टुङिगयो। उनको घर अब मैले खाली गुर्न पर्ने भयो। कोठा सर्ने निधो गरेको मैले आजैबाट उनको घरमा नबस्ने जवाफ फर्काएँ र एडभान्समा दिएको पैसा फिर्ता मागेँ।

म अहिले अन्यत्र कोठा सरि सकेँ। जुन कोठामा सर्नु अघि मैले आफ्नो अवस्था विस्तारमा बताएको छु। संगै घरवेटीलाई मेरो जिन्दगीमा फैसला गर्ने हक नभएको र मेरोमा आउने–जाने प्रति चियोचर्चो नगर्न चेतावन्दी पनि दिएको छु। यो लेखि रहँदा मेरा आँखा आजका मुख्य समाचारमा पनि छन् कि काठमाडांै विश्व कै तेस्रो फोहोर शहर हो। म सोचीपनि रहेछु, यो काठमाडौं शहर कति अब्यवस्थित छरु यो शहरमा फोहोरको निकास छैन, पानीको सुविधा छैन, अनि फेरि भूकम्प गए भागेर ज्यान जोगाउन खुल्ला ठाउँ छैन। जुन शहरमा २० औँ लाख मानिस घरभाडामा बस्छन्, त्यही शहरमा घरभाडा सम्बन्धी कुनै ठोस नीति र नियम छैन।

घरवेटी बादशाह जस्तो अनि भाडा तिरेर बस्ने चाँहि  रैती जस्ता।  घरबेटीको नियम हिटलरको जस्तो एकदमै कडा। मैले जानको र बुझेको यत्ति हो,‘व्यक्ति विकसित हुन उ स्वतन्त्र हुनुपर्छ।’ जबसम्म कोसंग कस्ले चिया खायो, कोसंग भात खायो वा कस्ले कोसंग रात वितायो भन्ने सवालमा हामी चियोचर्चो गरि रहन्छौँ, निश्चय नै हामी त्यतिखेरसम्म पछौटे युगमै हुन्छौं। अझ घरबेटीको सवालमा भाडामा बस्ने माथि कुनै प्रकारको हस्तक्षेप हुनुहुँदैन भन्ने मेरो धारणा हो।

घर भाडामा लाउने सामथ्र्य राख्नुको मतलब यो होइन कि उसले अरुको जिन्दगीलाई निर्देशन गर्ने क्षमता राखोस्।  केही अपवादलाई छाडेर काठमाडौंका अधिकांश घरधनीहरु घरभाडामा लाउने व्यवसाय गर्छन् तर अव्यवसायिक ढंगले। कोही घरबेटी एकदमै असल पनि होलान् तर घरवेटी असल वा दयावानसंग हामी भाडामा बस्नेलाई के सरोकार१ हामीलाई असल, दयावान, दानवान वा चरित्रवान घरधनी होइन व्यवसायिक घरधनीको आवश्यकता छ।

घरधनीले कस्तो कोठाको लागि कति पैसा लिने र पैसा लिएपछि सुविधा कस्तो हुने भन्ने नियम त चाहिन्थ्यो। तेलमा मिसावट हुँदा उपभोक्ता अधिकार हनन् भयो भन्ने आवाज उठाउने उपभोक्ता अधिकारकर्मी, पैसा तिरेर बस्ने डेरावालकोमा कहिले आइपुग्लान थाहा छैन।उनीहरुलाई पनि पनि मेरो प्रश्न—घरधनीले ट्वाइलेटमा पानी नदिएको, कत्ति पाहुना ल्याएको भनेर दिनरात किचकिच गरेको वा महिलाको कोठामा पुरुष वा पुरुषको कोठामा महिला पस्ने वित्तिक्कै कर्के नजरले हेरेर नाता प्रमाणित गर्नु पर्ने संकेत गर्दा उपभोक्ता अधिकार हनन् हुन्छ कि हुँदैनरु

काठमाडौंका डेरावालहरु१ मैले लेख्न नसकेको वा मैले भोग्न नपरेको अनेकन समस्या भोग्दै हुनुहुन्छ। तपाई पैसा तिरेरै भाडामा बस्नुहुहन्छ। आधारभुत सुविधा पाउन सम्झौता नगर्नुहोस। आफुलाई घरधनीले अनावश्यक रुपले सताएको लागेमा प्रहरीलाई खवर गर्नुहोस्। वा प्रश्न गर्ने हिम्मत राख्नुहोस्, मेरो जिन्दगीमा चियो चर्चो नगर भनेर। पैसा अनुसारको सुविधा चाहिँयो भनेर।

बोल्नुपर्नेलाई बासको चिन्ताले डर लाग्ने, बोल्नुपर्नेले वास्ता नगरिदिने अनि घरबेटीले मनपरी गर्नेरु सरकार घरबेटीको हिटलर शासन कहिलेसम्म होरु भाडामा देशको कानुन र घराबेटीको कानुन समेत मान्नुपर्ने उनीहरुलाई कानुन नलाग्नेरु जनतालाई दिनदिनै चाहिंएको कानुनै नबनाउने यो कस्तो लोकतन्त्र हो हाम्रो ?

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस आज

काठमाडौं, साउन ७ – नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
विसं २००६ वैशाखमा चार जना साथी निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उहाँले पहिलो पटक भारतको कोलकातामा बसेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो ।

विसं १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रुपमा जन्मिनुभएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि गर्नुभएको थियो ।
उहाँ सहिद गङ्गालालका भाइ हुनुहुन्थ्यो । उहाँले स्थापना गर्नुभएको कम्युनिष्ट पार्टी अहिले विभिन्न समूहमा विभाजित छन् । नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् ।

नेपाली काँग्रेस लगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनान्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ लागिरहनु भएको थियो । उहाँले नेपालको गहिरो इतिहास अध्ययन गर्नाका साथै केही पुस्तक पनि प्रकाशन गर्नुभएको छ । 

बर्दियाको भुरीगाउँमा टाइगर एफ एम

बर्दिया, असार २९ – बर्दियाको बबई नगरपालिका-२ भुरीगाउँ बजारमा रेडियो टाइगर एफ.एम. ८८ थोप्लो २ मेगाहर्जको परिक्षण प्रसारण बुधबारबाट सुरु भएको छ ।

कृषि, संस्कृति, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, पर्यटन, संरक्षण र विकासका लागि सञ्चार भन्ने नारा सहित बर्दिया टाइगर नेटवर्कद्धारा रेडियो टाइगर एफएम भुरीगाउँमा सञ्चालन गरेको नेटवर्कका अध्यक्ष एवं एफएमका प्रबन्धक भावुक योगीले बताउनु भयो । रेडियो टाइगर एफएमको परीक्षण प्रसारण समुदघाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले जिल्लामा शुसासन कायम गर्न र समाज परीवर्तन गर्न महत्वूर्ण भूमिका खेल्नेछ भन्ने कामनासहित रेडियो टाइगर एफएमको सफलताको कामना ब्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले बन्यजन्तुको नामबाट एफएम रेडियो नामाङ्ककरण गरीएकोमा प्रशंसा गर्दै वन, वन्यजन्तु र जैविक विविधताको संरक्षण र मध्यवर्ती क्षेत्रको विकाससंगै रेडियो टाइगरले बर्दियाको पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरोस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

जिल्ला शिक्षा अधिकारी जीत बहादुर शाहले सामुदायिक एवं निजी विद्यालयको अवस्थालाई उजागर गरी शिक्षा क्षेत्रको पनि समाचार र कार्यक्रम ल्याउन आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभयो ।