अभ्यासको क्रममा अमेरिकाको ओक्लोहामा राज्यका २१ वर्षीय एक बास्केटबल खेलाडीको निधन भएको छ।
ओक्लोहामा राज्यको विश्वविद्यालय टिमका फरवार्ड टाइरेक कोगेरको बिहिबार
बिहान टिमका अन्य साथीहरूसँग अभ्यास गर्ने क्रममा निधन भएको स्थानीय
पत्रिका ‘दि स्टिलवाटर’ ले खुलासा गरेको हो। पत्रिकाका अनुसार अभ्यासको क्रममा टाइरेकको शरीरको तापक्रम उच्च थियो र उनी
बोनी पिकेन्स रंगशालाको छिडीमा बिहान ५ बजे एक्कासी लड्न पुगेका थिए।
उपचारका लागि उनलाई बिहानै स्टिलवाटर मेडिकल सेन्टरमा लगिएको थियो, जहाँ ६
बजेर २३ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। १७ दिनअघि मात्र
उनी ओक्लोहामा राज्यको विश्वविद्यालयमा अनुबन्धित भएका थिए। गत सिजन उनले
उत्तरी कारोलिनाको विल्मिङ्टनस्थित केप फियर कम्युनिटी कलेजबाट खेलेका
थिए।
उनको निधनको विषयमा ओक्लोहामाले आज पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राख्ने बताएको छ।
यसअघि मुख्य प्रशिक्षक ब्राड अन्डरउडले ओक्लोहामाबाट खेल्न निम्तो गर्दा
टाइरेक निकै उत्साही रहेको बताएका थिए। उनले टाइरेकको निधनले अपुरणीय क्षति
पुगेको प्रतिक्रिया दिए।
‘टिमको सदस्य गुमाउनु भनेको परिवारको सदस्य गुमाउनु बराबर हो। हामीलाई थाहा
छ, उसको परिवारको दुःखको अगाडि हाम्रो क्षति केही होइन्’, उनले भने।
0 comments:
Post a Comment